काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको सुनुवाई न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । यसअघि मंगलबार सो रिट निवेदन हेर्न नभ्याइनेमा राखिएको थियो । बुधबार सो रिट आठौं नम्बरमा छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार दिउँसो एक बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक बोलाइएको छ।