• फाल्गुन २७ २०८२, बुधबार

बाढी पहिरो प्रभावितहरुका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिनु : प्रधानमन्त्री देउवा

श्रावण २६ २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले बगाएका पुलहरुका स्थानमा बेलीब्रिज तत्काल सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा आज उनले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिराले बगाएका पुलहरुका स्थानमा बेलीब्रिज तत्काल सञ्चालन गर्न निर्देशन दिदै प्रभावितहरुका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन निर्देशन दिएका हुन् ।

बेलीब्रिज सञ्चालन गर्न समय लाग्ने स्थितिमा नेपाली सेनामार्फत मोडयुलर यान्त्रिक पुल निर्माणको व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको जनाइएको छ।