• फाल्गुन २७ २०८२, बुधबार

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच छलफल

श्रावण २६ २०७८, मंगलवार

काठमाडौं । सभामुख अग्नि प्रसाद  सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

संसदमा रहेका विधेयकहरुलाई अघि बढाउने र सदनलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सत्तारुढ गठबन्धनले सरकारको साझा कार्यक्रममा संसदमा रहेका विधेयकहरुलाई पारित गर्ने विषय समावेश गरिएको छ ।

आजैको संसद बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक छिटो पारित गर्न आग्रह गरेका थिए । त्यसबाहेक संसदमा रहेको एमसीसीलाई समेत पेश गर्न आग्रह गरेका थिए ।