• मंसिर १२ २०८१, बुधबार

ओखलढुंगाका कांग्रेस कार्यकर्ता विप्लव नेकपामा प्रवेश

श्रावण २६ २०७८, मंगलवार

मुक्ति गैरे
ओखलढुंगाका काँग्रेस नेता विप्लव नेकपामा प्रवेश गरेका छन् । एक कार्यक्रमकाबीच जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाका कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा प्रबलाल तामाङको नेतृत्वमा नवीन राई, जिलि राई, अन्जन राई लगायतका ७ जना रहेका छन् । प्रबलाल तामाङ २०४९ र २०५४ सालमा दुई पटक स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट विजयी भएका थिए । हाल उनी नेपाली काङ्ग्रेसको कृयाशिल सदस्यका रुपमा  कृयाशिल थिए ।

पार्टी प्रवेश गर्नेहरुले वर्तमान व्यवस्था र सत्ताको नेतृत्वले नेपाली राष्ट्रियता र जनताको निम्ति काम नगरेको र यो व्यवस्थाबाट जनताले हैरानी भोग्नु परेका कारण आफूहरुले विकल्पको रुपमा विप्लव नेकपा रोजेको प्रतिकृया दिए ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै जिल्ला इञ्चार्ज विवेकले बधाई दिएका थिए । बधाई मन्तव्य राख्दै विवेकले नेपालको राजनीतिको अबको विकल्प र राष्ट्रको नेतृत्व गर्ने नेपाल कम्युनिस्ट पार्टी नै भएको हुँदा सम्पूर्णलाई गोलबद्ध हुन आह्वान गरे ।

उनले वर्तमान व्यवस्था असफल भएको भन्दै व्यक्तिको नभई व्यवस्थाकै विकल्प खोज्नुपर्नेमा जोड दिए । संसदीय व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्था अबको विकल्प भएको उनको दावी रहेको छ ।

कार्यक्रममा जिल्ला सदस्य बोजबहादुर खत्री, युवन राई, चित्र गजमेर लगायतका नेताहरुको उपस्थिति रहेको थियो । प्रवेशको कार्यक्रम सञ्चालन नेकपाका जिल्ला सदस्य युवन राईले गरेका थिए ।