• चैत्र २८ २०८१, शुक्रबार

निषेधाज्ञा उल्लंघन गरी विद्यालय सञ्चालन गर्ने दुई विद्यालय सञ्चालकलाई कारबाही

श्रावण २५ २०७८, सोमबार

मकवानपुर । कोरोना महामारीका कारण जारी निषेधाज्ञा उल्लंघन गर्दै विद्यालय सञ्चालन गर्ने दुई विद्यालय सञ्चालक कारबाहीमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्यालय सञ्चालन गर्ने मकवानपुरको हेटौँडाका दुई विद्यालय सञ्चालकलाई आज जरिवाना गरी कारबाही गरेको हो ।

संक्रामक रोग ऐन, २०२० बमोजिम सो कार्यालयले जनही रु १० हजारका दरले जरिवाना गरेको बताइएको छ ।

कारवाही पर्नेमा हेटौँडा उपमहानगरपालिका–७ नागसोतीस्थित तासिर इग्लिस सेकेन्डरी विद्यालयका सञ्चालक ३६ वर्षीय अमृतप्रसाद ढकाल र हेटौँडा उपमहानगरपालिका–५ स्थित ज्ञानोदय बालवाटीका विद्यालयका सञ्चालक मनहरि गाउँपालिका–५ बस्ने श्यामकुमार बानियाँलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।