• फाल्गुन २७ २०८२, बुधबार

महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सकिन्छ,सबैले इमान्दारपूर्वक प्रयास गर्नु पर्छ : रामचन्द्रपौडेल

श्रावण २५ २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ ।

सोमबार अपरान्ह ब महाराजगञ्जस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गर्न सक्ने निष्कर्ष निकालेको हो ।

नेता पौडेलले पार्टी नेतृत्वले इमान्दार प्रयास गर्नुपर्ने आवश्यकता समेत औंल्याउदै तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको वैधानिकलाई अझै पनि बचाउन सकिने निष्कर्षमा आफूहरु पुगेको बताए । ‘हाम्रो धारणा र सोचाइको निष्कर्ष के छ भने पार्टीको महाधिवेशन तोकिएकै मितिमा गरेर अझै पनि पार्टीको वैधानिकतालाई जोगाउन सकिन्छ । त्यसका लागि हामी सबैले इमान्दारपूर्वक प्रयास गर्नु पर्छ ।’ नेता पौडेलले भने ।

बैठकले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यता सम्बन्धि विवाद थाती राखेर १३ औं महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सकिने पनि स्पष्ट पार्दै क्रियाशील सदस्यताको विवाद देखाएर नेतृत्वले पार्टीको वैधानिकतालाई धरापमा पार्न नहुने बताए ।