काठमाडौं । विश्वका पाँच विकसित देशमा फेसबुक र गुगल इन्टरनेटमाथि प्रतिबन्ध छ । तर उनीहरु इन्टरनेटको पहुँचभन्दा बाहिर छैनन् । ती पाँच देश हुन् : चीन, उत्तरकोरिया, सिरिया, इरान र साउदी अरब ।
चीनले आफ्नै इन्टरनेट र फेसबुक बनाएर चलाइरहेको छ । उत्तर कोरियामा चार प्रतिशतले मात्र इन्टरनेटमाथि पहुँच राख्छन् । सिरियामा सरकारविरुद्ध लेख्ने वेबसाइट तत्काल बन्द गरिन्छ । इरानमा मानव अधिकारका सम्बन्धमा लेखिने कुरा प्रतिबन्धित छ । साउदी अरबमा मुस्लिम मान्यताविरोधी वेबसाइट खोल्न दिइँदैन ।
चीन :
गुगल र फेस बुक प्रतिबन्ध लगाउने पहिलो शक्तिशाली देश चीन हो । तर चीनले गुगल जस्तै आफ्नै इन्टरनेट सञ्जाल निर्माण गरिसकेको छ । यसको फेसबुक पनि आफ्नै छ ।
उत्तर कोरिया :
गुगल र फेसबुकमा प्रतिबन्ध लगाएको अर्को देश उत्तर कोरिया हो । यसले वेभसाइटमा नियन्त्रण राखेको छ ।
सिरिया :
सिरिया कट्टर मुस्लिम देश हो । यसले सरकार विरुद्ध लेख्ने वेभसाइटमाथि निकै निगरानी राख्छ । तर साइवर भने खुल्ला अवस्थामा छन् । यसका लागि राज्यको आफ्नै खालको नियम र कानुन छ ।
इरान :
इरानमा इन्टरनेट प्रयोगकर्ताको पूर्ण विवरण राखिन्छ । धर्म र सरकारविरुद्ध कलम चलाउनेमाथि सख्त कारवाही गरिन्छ ।
साउदी अरब :
साउदी अरबमा चार लाख बढी वेबसाइट अस्तित्वमा छन् । त्यहाँ मुस्लिम विरोधी वेबसाइट सबै बन्द छन् ।