काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत कोरोना जस्तै प्रतिगमनको पनि अर्को नयाँ भेरिएन्ट आउन सक्ने भन्दै टिप्पणी गरेका हुन् ।
उनले पहिलो असंवैधानिक भेरियन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउनसक्ने उल्लेख गरेका छन् । साथै,उनले पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्ने उल्लेख गरेका छन् ।
‘कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ,’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोश्रो चाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्छ । अत:ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं !’