• चैत्र २८ २०८१, शुक्रबार

अनलाइन कक्षाको शुल्क आधा मात्र लिन निर्देशन

श्रावण २४ २०७८, आईतवार

विराटनगर । विद्यालयले अनलाईन कक्षाको शुल्क मनपरि लिन थालेपछि विराटनगर महानगरपालिकाले निजी स्कुलहरुलाई विद्यार्थीका अभिभावकबाट आधा मात्र शुल्क लिन निर्देशन दिएको छ ।

कोभिड–१९ का कारण बन्द रहेको विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेर पढाइ सुरु गरेसंगै विद्यार्थीका अभिभावकबाट मनपरी शुल्क मागेको गुनासो बढेको छ । यस्तैमा तोकिएको शुल्कको ५० प्रतिशत मात्रै लिन निर्देशन दिएको महानगरपालिकाको शिक्षा विभाग प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए ।

विद्यालयले अनलाईन शुल्क कति लिने भन्ने कानूनी व्यवस्था नभएको र कोरोना महामारीमा अभिभावकहरुले पुरै शुल्क तिर्न नसक्ने भन्दै गुनासो गरेपछि शुल्क निर्धारण गरिएको उनले बताए ।

महानगरको निर्देशन विपरीत कार्य गरेको पाइएमा कानूनी कारबाही गरिने समेत महानगरले जनाएको छ ।