काठमाडौं । सरकार सञ्चालनका लागि ल्याइएको सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । सिंहदरबारमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।
साझा कार्यक्रममा आउँदो चैत मसान्तसम्ममा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ ।
यस्तै, यसअघिका सरकारले स्वास्थ्य सामग्री खरिदमा गरेको अनियमिततामा छानबिन गरी कारबाही गर्ने घोषणा पनि गरिएको छ ।
हेर्नुस् संयुक्त सरकारको साँझा न्यूनतम कार्यक्रम