• मंसिर ११ २०८१, मंगलवार

लोकदोहोरी प्रतिष्ठानद्धारा दुर्गेश थापाको साधारण सदस्यता खारेज

श्रावण २४ २०७८, आईतवार

काठमाडौं । गीतमा अश्लिल शब्दको प्रयोग गरेको आरोप लागेका गायक दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले कारबाही गरेको छ ।

सो प्रतिष्ठानको केन्द्रीय समितिको असार १७ गते बसेको बैठकले थापाको साधारण सदस्य समेत नहरनेगरी सदस्यता खारेज गरेको जनाएको छ । प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको छ ।

गीत रेकर्ड गर्नुअघि नै थापालाई सो शब्द नराख्न आग्रह गरेपनि उनले सोप्रति बेवास्ता गरेको र प्रतिष्ठानप्रति आफ्नो कुनैपनि सरोकार नरहेको बताएका थिए । थापाको ‘ख्यास्स पुतली’ शिर्षकको गीत बिवादमा परेको थियो ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी, विकृति, विसंगति न्यूनिकरण कार्यदलका शिव हमालद्धारा जारी संयुक्त वक्तव्यमा थापालाई कारबाही गरिएको कुराको जानकारी दिइएको छ ।