• फाल्गुन २७ २०८२, बुधबार

सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविन गर्ने

श्रावण २४ २०७८, आईतवार

काठमाडौँ। सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानविन गर्ने भएको छ । सिंहदरबारमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

सोमबार सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा गरेका हुन् ।