• मंसिर ११ २०८१, मंगलवार

बार्सिलोनाबाट रुँदै बाहिरिए मेस्सी

श्रावण २४ २०७८, आईतवार

काठमाडौँ, अर्जेन्टिनी स्टार लियोनल मेस्सी रुँदै बार्सिलोनाबाट विदा भएका छन् । बार्सिलोना छाड्नुअघि गरेको पत्रकार सम्मेलनमा उनी निकै भावुक बन्दै गहभरि आँसु परेका थिए।

२१ वर्ष बार्सिलोनामा बिताएका उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताए ।

‘यो साह्रै कठिन छ, म यसका लागि तयार थिइन्। अघिल्लो वर्ष म बाहिरिन तयार भएको थिएँ। तर, यो वर्ष म, मेरो परिवार यहाँ निरन्तरता दिन चाहन्थ्यौं,’ मेस्सीले भने,’आज मैले गुडबाइ भन्नै पर्छ। म धेरै युवा हुँदा १३ वर्षको उमेरमा यहाँ आइपुगेको थिएँ। र, २१ वर्षपछि म मेरो श्रीमती र तीन बच्चाहरुसँग यहाँबाट बिदा हुँदै छु।’

मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति पनि भएको थियो । तर आर्थिक अवस्था र ला लिगाको नियमका कारण हस्ताक्षर हुन नसकेको बार्सिलोनाले बताएको छ ।