• मंसिर ११ २०८१, मंगलवार

खड्काले लगाउने ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने क्यानको निर्णय

श्रावण २४ २०७८, आईतवार

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काको सम्मानमा जर्सी नम्बर ७७ प्रयोगमा नल्याउने निर्णय गरेको छ । क्यानले आइतबार खड्काको योगदानलाई सम्मान गर्दै सो नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट साउन १९ गते सन्यासको घोषणा गरेका थिए।

पारसले नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।