काठमाडौँ। भूटान र जापानबाट ल्याइएको कोरोना भाइरसविरुद्धको अष्ट्राजेनिका खोप सोमबारबाट लगाइदै छ । उक्त अष्ट्राजेनिका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा दिइने भएको हो ।
अष्ट्राजेनिका खोप लगाउनका लागि सरकारले काठमाडौंमा १४४ केन्द्र तोकेको छ ।
यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा र थप गरिएका गरी कुल १४४ खाेप केन्द्रमा अष्ट्राजेनिका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै स्वास्थ्य कार्यालय काठमाडाैँले एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण दर्ता भएकाहरुलाई मात्र खोप प्रदान गर्न भनेकाे छ । अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरू नै जिम्मेवार हुनुपर्नेछ ।