• फाल्गुन २७ २०८२, बुधबार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल

श्रावण २४ २०७८, आईतवार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल चलिरहेको छ ।

उनीहरुबीच बालुवाटारमा बिहान १० बजेबाटै छलफल चलिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

सरकारलाई पूर्णता दिने र गठबन्धनले सार्वजनिक गर्न लागेको न्यूनतम साझा कार्यक्रमबारे अहिले छलफल भइरहेको बताइएको छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा आएको १ महिना पूरा हुन लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।