• मंसिर ११ २०८१, मंगलवार

किन यति विधि रिसाउँछन् मानिस घण्टाकर्णसँग ?

श्रावण २३ २०७८, शनिबार

काठमाडौं । राक्षसहरुले देवतासँग बदला लिन्थे, तर घण्टाकर्ण मानव संहारकारी अरु रुघण्टाकर्ण दहनसँगै राँको बालेर भगाइयो भूत

भक्तपुरको नेवारी पर्वहरुमा एक प्रशिद्ध पर्व हो, गथांमुगः, गठेमंगल वा घण्टाकर्ण ! शुक्रबार भक्तपुरमा घण्टाकर्ण पर्व मनाइएको छ । मूल रुपमा गथांमुगः का रुपमा भक्तपुरमा श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने गरिए पनि उपत्यकामा रहेका नेवार समुदायले सामूहिक र विशेष रुपमा मनाउने गर्छन् ।

यस दिन बिहान घर सरसफाइ गर्ने, पूजा गर्ने, खानपिन तथा एकअर्कालाई भेटघाट गर्ने र साँझ टोलका सबैजना मिलेर चौपारी, सार्वजनिक स्थल वा केही पर लगेर घण्टाकर्ण राक्षसलाई जलाउने गरिन्छ ।

यो पर्वमा भक्तपुर नगरक्षेत्रका गल्लीगल्लीमा राक्षस दहन गरिन्छ । किम्बदन्ती अनुसार घण्टाकर्ण राक्षस मानवविरोधी थियो । घण्टाकर्ण दहनपछि मानवले राक्षसबाट मुक्ति पाएको मानिन्छ ।

धर्मग्रन्थ अनुसार सबै राक्षसहरु देवतासँग लडेका छन् । देवताका विरुद्ध जवाइ लागेका छन् । तर घण्टाकर्ण भन्ने राक्षस मानिससँग पैसा उठाउने र मानिस संहार गर्ने मात्र रहेको छ । मानव संहारकर्ताका रुपमा रहेको यो घण्टाकर्णको बधपछि धरतीमा मानिसले चैनसँग बाँच्न पाएकको विश्वास गरिन्छ ।

यस राक्षस मोचनको स्मरणस्वरुप नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीन खुट्टे पुतला बनाई दोबाटो वा चौबाटोमा उभ्याएर मानिसको सामूहिक उपस्थितिमा जलाएर नष्ट गरिन्छ ।

यतिले पनि मनिसको रिस शान्त नभएपछि रातमा सामूहिक रुपमा राँको बालेर भूत भगाउने गरिन्छ । राक्षसलाई जलाउँदा र अश्लिल गाली गर्ने र गीत गाउने चलन पनि छ ।

घण्टाकर्ण राक्षसले चौबाटोमा बसेर मानिसलाई दुःख दिएकाले उक्त राक्षसको पुतला दहन पनि चौबाटोमा नै गरिने परंपरा रहेको छ ।