काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर बोर्डले नतिजा प्रकाशित गरेको हो ।
नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
बोर्डले इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यस्तै, नेपाल टेलिकममार्फत् १६०० एनसीएलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिनेछ ।
नतिजा बोर्डको अफिसियल बेवसाइट, नेपाल टेलिकम र एनसेलको वेबसाइटबाट पनि सार्वजनिक भएको छ ।