काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।
अब परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना निकालिने बोर्डले जनाएको छ ।
यसअघि शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो।