काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ। विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको नतिजा बोर्डले प्रमाणित गरेर शनिबार प्रकशन गर्न लागेको हो ।
नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस्तै, नेपाल टेलिकममार्फत् १६०० एनसीएलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिनेछ ।
साथै,www.see.gov.np,www.neb.gov.np, www.see.ntc.net.np, www.ekantipur.com बाट एसईईको नतिजा हेर्न सकिने छ।