• बैशाख ९ २०८२, मंगलवार

अश्लिल फिल्म प्रकरण : कर्मचारीको बयानले राज कुन्द्रा झन समस्यामा

श्रावण २३ २०७८, शनिबार

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा भारतीय व्यवसायी राज कुन्द्राको ‘अश्लिल फिल्म प्रकरण’ झनै रहस्यमय बन्दै गएको छ । पोनोग्राफी प्रकरणमा कुन्द्राका विरुद्धमा उनकै भियान कम्पनीका पूर्वकर्मचारीले बयान दिएपछि उनी झन मुश्किलमा परेका छन् ।

पूर्वकर्मचारीहरुको बयान दिएपछि राज कुन्द्रा झनै समस्यामा पर्ने देखिएको छ ।
इन्डिया टुडेको रिपोर्टका अनुसार मुम्बई प्रहरीको अपराध शाखाले राज कुन्द्राविरुद्ध प्रमाणसहितको बयान रेकर्ड गरेको छ । राजको कम्पनीका पूर्वकर्मचारीहरु भियान कम्पनीको विषयमा धेरै कुराका ज्ञाता थिए ।

ती चारजनाले दिएको बयानपछि अपराध शाखालाई अनुसन्धानमा थप सहयोग मिल्नेछ । राज कुन्द्राको विरोधमा पहिलो बयान दिने चार्टर्ड अकाउन्टेन्ट हुन् । चार्टर्ड अकाउन्टेन्टले ब्यालेन्स सिटसँग जोडिएका सबै जानकारी दिए । पैसा लेनदेनको सबै जानकारी विस्तारै बाहिर आएको छ । साथै, दोस्रो बयान फाइनान्स अफिसर हुन् ।

उनले मन्त्री ट्रायल्सका सबै जानकारी दिए । साथै, अरु दुई जना टेक्निकल फिल्डका कर्मचारी हुन् । यी दुईले प्रहरीलाई टेक्निकल सपोर्ट, एपको म्यानेजमेन्ट, डाटा डिलिट र अन्य टेक्निकल इस्यूहरुको बारेमा जानकारी दिएका छन् ।