• बैशाख ९ २०८२, मंगलवार

टोकियोमा रेलभित्रै चक्कु प्रहार, ६ जना घाईते २ जनाको अवस्था गम्भीर

श्रावण २२ २०७८, शुक्रबार

जापान । जापानको राजधानी टोकियोमा शुक्रबार साझ रेलभित्रै यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार भएको छ ।

टोकियोको सेतागया वार्डमा ओदाक्यु लाईनमा एक व्यक्तिले यात्रुहरुमाथि चक्कु प्रहार गर्दा ६ जना घाईते भएको र घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीलाई उद्धृत गर्दै जापानी संचार माध्महरुले समाचार प्रकाशन गरेका छन् ।

घटना करिब राती ८ :३० बजेतिरको समयमा घटेको हो । समाचारमा जनाईए अनुसार ओदाक्यु लाईनको सेईजो गाकुएन स्टेसन नजिकै गुडिरहेको ट्रेनमा चक्कु प्रहार भएको हो । उक्त घटनामा परि ६ जना घाईते भएका छन् भने दुई जनाको अवस्था चिन्ताजनक छ ।

ओदाक्यु रेलवे कम्पनीका अनुसार, नारुकी गाकुएनमाए र शोसिगया ओकिरा स्टेसनको बिचमा गुडिरहेको एक्स्प्रेस रेलमा करिब २० वर्ष उमेर समुहका जस्ता देखिने युवकले अन्धाधुन्ध चक्कु प्रहार गरे । सो ट्रेनको दशौँ डिब्बमामा भएको उक्त घटना घटाउने ब्यक्ति ट्रेन रोकिने बित्तिकै बाहिर निस्केर रेलको पटेरी हुँदै भागेको बताईएको छ । हाल घाईतेहरुको अस्पतालमा उपचार भईरहे छ भने उक्त चक्कु प्रहार गर्ने युवाको खोजी कार्य तिब्र पारिएको छ ।