• फाल्गुन २७ २०८२, बुधबार

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

श्रावण २२ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । काठमाडौँको बुद्धनगरमा बिहान ११ बजे पछि बैठक बस्न लागेको हो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन् ।

नेपाल समूहको बिहीबार पनि केन्द्रीय कमिटी बैठक बसेको थियो । बिहीबारको बैठकमा नेपाल पक्षीय केन्द्रीय कमिटीका अधिकांश सदस्यले पार्टीको आन्तरिक समस्या समाधान कार्यदलले दिएको सुझाव र पहलबमोजिम एकताबद्ध पार्टी निर्माणको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।