काठमाडाैं । लुम्बिनी प्रदेश सभाकाे विशेष अधिवेशन आह्वान भएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले यही साउन २७ गते बुधबार १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।
शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।