• मंसिर १२ २०८१, बुधबार

संसदीय व्यवस्थाले विदेशीको दलाली गरेर जनतामाथी शोषण गरिरहेको छ : अपेक्षा

श्रावण २१ २०७८, बिहीबार

मुक्ति गैरे, पाल्पा ।
नेपाल कम्युनिस्ट पार्टी पाल्पाको तानसेन नगरको प्रथम भेला सम्पन्न भएको छ । सो पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा इञ्चार्ज अपेक्षाले वर्तमान सत्ताले भारत र अमेरिकाको दलाल बनेर राष्ट्रघाति काम गरेको बताइन् ।

उनले विदेशीको दलाली बनेर आफ्ना नागरिकलाई शोषण गर्ने दलाल पुँजीवादी संसदीय व्यवस्थालाई जनताले बहिष्कार गरेको दावी गरिन् । जनताको वहिष्कारमा परेको सत्ता असफल सिद्ध भएकोले यसको विल््पमा वैज्ञानिक समाजवादी सत्ता स्थापना हुनुपर्ने उनको धारणा रहेको छ ।

वैज्ञानिक समाजवादी सत्ताले राष्ट्र र जनताको सेवा गर्ने भएकोले आफ्नो पार्टीले अगाडि सारेको व्यवस्थाका लागि गरिने जनमत संग्रहबाट वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा लागेर जिताउन पर्ने उनको भनाई रहेको छ ।

भेलामा सो पार्टीका जिल्ला सचिव प्रभात, दलित मुक्ति मोर्चा पाल्पाका अध्यक्ष लालबहादुर ठडराई, जनसेवकका सुकुमार भौजा, जनपत्रकार संगठन नेपाल पाल्पाका जिल्ला इञ्चार्ज मुक्ति गैरे लगायतको उपस्थिति थियोे ।