काठमाडौं। नेकपा एमालेले माधव समूहले भोलि बोलाएको केन्द्रीय कमिटी बैठक अनाधिकृत बैठक भएको बताएको छ ।
माधव समूहले बैठक बोलाएपछि एमालेले भने कुनै बैठक नबोलाइएको भन्दै सो बैठकमा सहभागी नहुन नेता तथा कार्यकर्तामा आग्रह गरेको छ।
एमाले केन्द्रीय कार्यालयका सचिब शेरबहादुर तामाङले बुधबार विज्ञप्ति जारी गर्दै एमाले केन्द्रीय कमिटीको बैठक नबोलाइएको बताएका छन्। उनले एमालेको नाममा पटक पटक अनाधिकृत बैठक बोलाइएको भन्दै त्यस्ता बैठक पार्टीको विधानविपरित रहेकोसमेत बताएका छन्।