काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले राखेको १८ बुँदे मागको विश्वविद्यालयले बेवास्ता गरेको भन्दै बुधबारदेखि रिले अनशन शुरु गरेका छन् ।
विद्यार्थीहरुले अनिश्चितकालका लागि रिले अनशन शुरु गरेका हुन् । विद्यार्थीहरुले आफुहरुले राखेको माग सम्बोधन गर्न विश्वविद्यालयले चासो नदेखाएको भन्दै चरणबद्ध आन्दोलनका क्रममा बुधबार रिले अनशन शुरु गरेका हुन् ।
विद्यार्थीसँगै प्राध्यापकहरू पनि आन्दोलनमै उत्रिएका छन् । विशेषगरी उपकुलपतिको कार्यशैलीप्रति विद्यार्थी र प्राध्यापकहरूले असन्तुष्ट जनाइरहेका छन् । आन्दोलनका कारण विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु सञ्चालन हुन् सकिरहेका छैनन् ।