• फाल्गुन २७ २०८२, बुधबार

वरिष्ठ नेता खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

श्रावण २० २०७८, बुधबार

काठमाडौँ। नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको मृगाैला प्रत्यारोपण सम्पन्न भएको छ । भारतको नयाँ दिल्लीस्थित एपाेलाे अस्पतालमा बुधबार बिहान मृगाैला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

यसअघिसम्म नेता खनालको उपचार डा. अखिल मिश्रको नेतृत्वमा भइरहेको थियो । सचिवालयले दिएको जानकारीअनुसार डा. कन्दिप गुलेरियाको नेतृत्वमा खटिएको चिकित्सकको समूहले नेता खनालको मृगाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो ।

खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मृगाैलामा समस्या थियो ।