काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना सङ्क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । देशभर पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
देशभर ११ हजार ३५४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ९७५ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएका छन्, भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।