• मंसिर १० २०८१, सोमबार

अफ्गानिस्तानमा शान्ति सेना पठाउने बारे सोचिएको छैन

श्रावण २० २०७८, बुधबार

काठमाडौं । युद्धरत अफगानिस्तानमा संयुक्त राष्ट्र संघले शान्ति सेना पठाउने विषयमा अहिले नसोचिएको बताएको छ । संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूतले सो कुराको जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले भने, ‘हामीले अहिले नै अफगानिस्तनमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने बारेमा केही सोचेका छैनौँ, मलाइ लाग्छ यो अहिलेको अवस्थाको समाधानका लागि शान्ति वार्ता नै विकल्प हुनसक्छ ।’

हाल भारत संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको अध्यक्ष रहेको छ । अध्यक्षको हैसियतमा तिरुमूर्तिले सो कुरा बताएका हुन् । उता अफगानिस्तानको दक्षिणी हेल्माण्ड प्रान्तमा तालिबानीसँग भीषण भीडन्त जारी नै रहेको समाचारमा आएको छ ।