• मंसिर १२ २०८१, बुधबार

भोलिदेखि सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन हुँदै

श्रावण १९ २०७८, मंगलवार

काठमाडौं । भोलिदेखि सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन हुँदै छ ।

इन्स्योरेन्सको भोलि बुधवार साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको हो। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।