• फाल्गुन २७ २०८२, बुधबार

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग

श्रावण १९ २०७८, मंगलवार

बुटवल । लुम्बिनी प्रदेशसभामा विशेष अधिवेशन माग गरिएको छ । विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरिएको हो ।

मंगलबार (आज) प्रदेश प्रमुख अमिक शेरचनलाई अधिवेशनका लागि निवेदन दिएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै अविश्वास प्रस्तावमाथि छलफलको माग गरेका हुन् ।

उनीहरुले मंगलबार नै प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।