• बैशाख ९ २०८२, मंगलवार

२४ रुसी कुटनीतिज्ञलाई अमेरिका छोड्न आदेश

श्रावण १९ २०७८, मंगलवार

अमेरिकाले २४ जना रुसी कुटनीतिज्ञलाई अमेरिका छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको छ । अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको हो ।

अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, ‘हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै ती कुटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ ।’

ती रुसी कुटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिएका छन् । उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ अमेरिका आउने छैनन् ।