• फाल्गुन २७ २०८२, बुधबार

दाहाल र माधव नेपालबीच भेटवार्ता

श्रावण १९ २०७८, मंगलवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान अध्यक्ष दाहाल र नेपालबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा कुरा भएको बताइएको छ ।

यस्तै अज एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने चर्चा चलेको छ। । यसलाई एमाले आन्तरिक संघर्षको उत्कर्ष र एकताको महत्वपूर्ण भेटघाटका रुपमा हेरिएको छ ।