• फाल्गुन २७ २०८२, बुधबार

एमालेद्वारा ९ वटा विभागहरु गठन, स्कुल विभागको प्रमुखमा ओली

श्रावण १८ २०७८, सोमबार

काठमाडौं ।  नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले  ९ वटा विभागहरु गठन गरेको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार  स्कूल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ । संगठन विभागको प्रमुख विष्णु पौडेललाई दिइएको छ  ।

त्यस्तै संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागको प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल र विदेश विभाग प्रमुखमा डाक्टर राजन भट्टराई रहेका छन् ।

त्यस्तै निर्वाचन विभागको प्रमुखमा अग्नि खरेल र  स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल छन् ।

प्रवक्ता ज्ञवालीका अनुसार विभागहरु २५ सदस्यीय हुनेछन् । तर अहिले आर्थिक विभागमा दुई जना मात्र छन् भने निर्वाचनमा ६ स्कुलमा ११ सदस्य छन् भने अरुमा १४/१५ सदस्य छन् ।