काठमाडौं । राष्ट्रियसभामा गृहमन्त्री बालकृष्ण खाणलाई दार्चुला घटनाबारे प्रश्न गरिएको छ ।
गृहमन्त्री खाणले विशेष समय लिएर राखेको धारणाबारे प्रश्नोत्तरमा सहभागि हुँदै नेकपा एमालेका सांसदहरुले भारतीय एसएसबीले तुइन काटेर नेपाली युवाको हत्या गरेकोमा सरकार किन मौन रहेको भनी प्रश्न गरेका हुन् । दार्चुला घटनाबारे भारतसँग छलफल गर्न किन डराएको ? भनी प्रश्न गरेका छन् ।
‘सरकारले समितिमात्रै बनाएर बस्न मिल्छ कि हिम्मत गरेर भारतसँग कुरा गर्छ ? कि सरकारले यसलाई कम्फर्टेबल बनाउन खोजेको हो ?’ राष्ट्रियसभा सदस्य कोमल वलीले प्रश्न गरिन् । त्यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले जयसिंह धामीको मृत्युबारे भारतसँग सरकारले किन कुरा नगरेको भनी प्रश्न गरे ।