• फाल्गुन २७ २०८२, बुधबार

दार्चुला घटनाबारे गृहमन्त्रीले भने : छानबिन प्रतिवेदनका आधारमा सरकारले अडान लिन्छ

श्रावण १८ २०७८, सोमबार

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा सरकारले धारणा बनाउने र अडान लिने बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा दार्चुला घटनाबारे जानकारी गराउँदै मन्त्री खाणले घटना सम्बन्धमा सरकार गम्भीर भएकाले गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको र समितिको प्रतिवेदनका आधारमा सरकारले धारणा बनाउने र अडान लिने बताए ।

‘घटना सम्बन्धमा छानबिन गर्न समिति गठन गरिसकेको अवस्थामा छानबिनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानबिनबाट प्रतिवेदन आइसकेपछि, घटनाको सत्यतथ्य आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख कुरामा जुनसुकै अडान लिन हामी तयार छौं,’ उनले भने, ‘

एमाले सांसदहरूले घटनामा एसएसबीको प्रत्यक्ष संलग्नता रहेको र जयसिंह धामी चढेको तुइन काटिएको घटना सम्बन्धमा भारत सरकारसँग किन कुरा नगरेको भनेर प्रश्न गरेका थिए ।