• फाल्गुन २७ २०८२, बुधबार

दार्चुला घटनाका दोषीलाई कारवाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

श्रावण १८ २०७८, सोमबार

काठमाडौँ। दार्चुलाको महाकाली नदीमा जयसिंह धामी वेपत्ता भएको घटनालाई लिएर काठमाडौँमा प्रदर्शन भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले भारतीय ज्यादतीविरुद्ध आज लैनचौरस्थित भारतीय दूतावास आगाडि विरोध प्रदर्शन गरेको हो ।

युनियनले जयसिंह धामी  महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसमको कारबाहीको माग गरेको छ ।

गत ‍शुक्रबार बिहान महाकाली नदी तर्ने क्रममा ‘भारतीय सीमा सुरक्षाबलले तुइन काटिदिएपछि’ दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।