काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफू मन्त्रीको ओहदामा रहुन्जेल सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै गर्दा सोमबार राज्यमन्त्री श्रेष्ठले उक्त कुरा सार्वजनिक गरेका हुन् ।
यस अतिरिक्त आफू मन्त्री रहुञ्जेल आफू संग्लग्न रहेका व्यावसायिक संस्थाहरुमा पनि नजोडिने र हालसम्म ती संस्थाहरुमा बहन गर्दै आएका जिम्मेवारीमा नरहने गरी राजीनामा दिने पनि बताएका छन् । त्यस्ता संसथबाहरु मध्ये लयसिलतबपुरको हात्तीवनमा रहेको लिटल एञ्जल्स बोर्डिङ स्कूल उनको सबैभन्दा चर्चामा आएको संस्था हो ।
यो एक सफल संस्था पनि हो । उनी यस अर्थमा एक सफल व्यवसायी पनि हुन् । उनले आफ्नो कार्यकालमा स्वास्थ्य मन्त्रालयमा पनि यस्तै सफल काम गर्ने कुरामा जोड दिन थालेका छन् ।
मन्त्री रहँदासम्म यी व्यापारिक संस्थाहरुबाट राजीनामा दिएर नै आफू अलग हुने उनको घोषणा रहेको छ । यसले उनको छबीमा राम्रै असर पार्ने देखिन्छ । प्रधानमन्त्री देउवाले पेसामा संलग्न एक व्यवसायीलाई मन्त्री नियुक्त गरेको भनेर वौद्धिक जगतमा ठूलो बहस पनि हुने गरेको थियो ।
पक्ष र विपक्षमा हुने गरेको यो बहस काम त हेरौं भन्ने भावमा गएर शान्त हुन पुगेको थियो । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको भनाइ र गराइ बीचको तालमेल भने हेर्न बाँकी रहेको छ ।
सरकारी आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका राज्यमन्त्री श्रेष्ठसँग सुरक्षाकर्मी भने रहने छन् ।