• फाल्गुन २७ २०८२, बुधबार

चार पूर्व माओवादी नेताहरुको मुद्दामा आज सुनुवाई

श्रावण १८ २०७८, सोमबार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले) प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिटमा सोमबार (आज )का लाग सुनुवाई तोकिएको छ । यसअघि हेर्न नभ्याउनेमा राखिएको रिटको आज सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासमा सुनुवाई तोकेको हो।

टोप बहादुर रायमाझी, लेखराज भट्ट, गौरिशंकर चौधरी र प्रभु साहले आफूहरु एमाले प्रवेश नगरेको जिकिर गर्दै माओवादी केन्द्रको तर्फबाट सांसद पद कायम गराउन माग गर्दै १३ साउनमा छुट्टाछुट्टै रिट दर्ता गराएका थिए।

२३ फागुनमा सर्वोच्च अदालतले दुई पार्टी एकीकरण पछि बनेको नेकपालाई पूर्ववत एमाले र माओवादी केन्दकै रुपमा कायम गरिदिएको थियो। सर्वोच्चको निर्णयपछि उनीहरु एमालेमै रहेर मन्त्री बनेका थिए । एमालेमै रहेपछि उनीहरुलाई माओवादी केन्द्रले संसद पद खारेज गरी कारबाही गरेको थियो ।