काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को यही साउन २० गतेका लागि बोइलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । आइतबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो ।
पछिल्लो राजनीतिक घटनाक्रम र आवश्यक तयारीका लागि केही समय लाग्ने भएकाले बैठक स्थगित गरिएको जनाइएको छ।
बैठक साउन ३० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको स्थायी कमिटी बैठकले यही साउन ३० गतेभित्र पार्टीको वडा कमिटी गठन गर्न निर्देशनसमेत दिएको छ ।