ढुसीजन्य विषादिले दानाको गुणस्तर नष्ट गर्छ । अन्नको गुणमा ढुसीले यति जटिल तरिकाले प्रदुषण ल्याउँछ कि दाना खानका लागि उपयुक्त नै हुँदैन । त्यसैले प्रभावकारी उपाय उपाय प्रयोग गरेर यसलाई हटाउनुपर्छ ।
आजको जमाना व्यावसायिक पशुपंछी पालनको जमाना हो । त्यसैले पनि विषाक्त दानाको प्रयोगले हुने प्रदुषणबारे जानकारी राख्नु जरुरी हुन गएको छ । ढुसीको मात्रा पूर्णरुपमा नियन्त्रण गर्ने मात्र होइन, यसो न्यूनीकरण गर्न मात्र सक्यौं भने पनि स्वस्थकर दाना उपलब्ध गराउन सक्छौं ।
ती मध्ये केही उपाय यस्ता खालका हुनसक्छन् :
(१) घाममा सुकाउने :
सूर्यको घाममा खुला हावाको अन्न तथा अन्य जन्य उत्पादन वा तयारी दानालाई सुकाउदा केही मात्रा ढुशीजन्य विष न्यूनीकरण भएर जान्छ ।
(२) पोषणजन्य फेरबदल :
दाना आहारामा बढि बोसो बढि प्रोटिन (मेथियोनिन) भएको औषधि र कोलीन ल्कोराइड भएको भिटामिन बी कम्प्लेक्स दिंदा ढुशीजन्य विषको कुप्रभाव कम गर्न सकिन्छ ।
(३) माइकोटोकसिन बाइन्डर :
यी अवयवहरुले पशुपंक्षीहरुको पाचन प्रणालीमा उपापचय हुँदा उत्पन्न ढुसीजन्य विषादीलाई आफैँसँग बाँधी अन्य पोषक तत्वसँगै रगतमा संचेतन हुन दिदैनन् बरु गोबर र बड्कुला तथा बिष्टासँगै शरीर बाहिर बिसर्जन गराउँछन् ।
यसले गर्दा पशुपंक्षीको शरीरमा यस बिषादीको कुप्रभाव देखिन पाउँदैन । हाइड्रेटेड सोडियम क्याल्सियम अलमिनो सिलीकेट ०.५ देखि १ प्रतिशत दानामा मिसाएर प्रयोग गरिन्छ । यसले दानामा चिस्यान थपिएर बस्ने घटाउछ । दाना डल्ला पर्नबाट बचाउछ यसले १० प्रतिशत गोबरमा उत्पन्न हुने अमोनिया पनि आफुमा संग्रहित गर्दछ ।
(४) इस्टेरिफाइड ग्लुकोमान्स :
यी जस्टिल ग्लुकोजयिस्टको तन्तुको पर्खालबाट संग्रहित गरिन्छ । यसले एकै पटक धेरै खाले ढुसीजन्य बिषादिलाई आफुसँग राख्न बाध्य छ । यिनीहरुमा कलेजोमा अत्याधिक बोसो जम्न गएको बोसो पगाली कलेजोलाई पहिलेकै अवस्थामा पु¥याउने क्षमता पनि हुन्छ । भिटामिन, खनिज तथा अन्य पोषण तत्वलाई कुनै नकारात्मक असर पु¥याइकनै यसो गरिरहेको हुन्छ ।
(५) जैविक अम्ल :
एसेटिक, प्रोपायोनिक, फयुमारिक, सोरबिक तथा बेन्ज्वाइक अम्ल तथा यिनको लबणहरु दानामा ढुशीजन्य जीवाणुको विकास दानामा हुन नदिन प्रयोग गरिन्छ । दानामा यिनको प्रयोगले कीरा फट्यांग्रा भन्किने पनि गर्दछ । यिनको प्रयोगले पाचन प्रणालीमा अम्लको मात्रा बढ्ने र पि.एच.कम हुने हुँदा ढुशी तथा अन्य जीवाणु त्यस्तो वातावरणमा बाच्न हुर्कन सक्तैनन् ।
(६) एन्टीअक्सिडेन्टको प्रयोग :
ढुशी जन्य विषाक्तिका कारण कलेजोका तन्तुहरुमा हुने ओकसीडेटिभ परिवर्तित अवस्थालाई सेलेनियम युक्त एन्टी अकसीडेन्टको प्रयोगले रोकथाम गर्न सकिन्छ ।
(७) जडिबुटिजन्य औषधिको प्रयोग :
धेरै खाले जडिबुटी तथा मसाला जन्य बोटविरुवाका विभिन्न भागबाट निकालिएका अवयवहरुको प्रयोगबाट कलेजो ढुशीजन्य विषाक्ति हुन पुगेमा पुनस्र्थापना गर्न सकिन्छ ।
(८) प्रोवायोटिकको प्रयोग :
ल्याक्टो व्यासिलस एसिडो फिलस, ल्याक्टो क्यासिलस ल्पान्टारफ युक्त प्रोबायोटिक प्रयोगबाट पनि ढुशीजन्य विषाक्तिको कुप्रभाव न्यूनीकरण गर्न सकिन्छ ।
पशुपंक्षी पालन व्यवसाय दिगो हुनको लागि गुणस्तरीय जसले पूर्ण पोषण उपलब्ध गराउन सक्ने हुनु आवश्यक छ । खाद्य सुरक्षाको कुनै चुनौती ढुसीजन्य बिषाक्तता प्रदुषणले आर्थिक सवलता साधन पशुपंक्षी पालनमा प्रभाव पार्न सक्छ । बिषाक्त गराउने भएको हुनाले माइकोटोकसिनको प्रभावमा पशुपंक्षिहरु विविध अन्य खाले रोगहरु प्रति अति ग्रहणशील हुन पुग्दछन् ।
प्रभावित पशुपंक्षीको उपचार कुनै अर्थ राख्दैन र यसरी ढुशीजन्य विषाक्त प्रदुषित दाना पूर्ण बदलिनु बुद्धिमानी हुन्छ । तसर्थ ढुशीजन्य विषाक्तिको पशुपंक्षिमा हुने कुप्रभावलाई ध्यान मनन गर्दै दानाको लागि आवश्यक सामाग्री खरिद गर्दा भण्डारण गर्दा उचित रोकथामका उपाय अवलम्बन गरीएमा मात्र प्रभावकारी तथा सुरक्षित पशुपंक्षि जन्य उत्पादनको अपेक्षा गर्न सकिने छ ।
विगतको लामो खडेरी पछि हालको बाढि डुवानका कारण घास पराल तथा डाले घास तथा दाना बनाउन प्रयोग गरिने अन्न प्रभावित भएकाले पशुपंक्षीमा ढुसीजनित विषाक्तताले कुप्रभाव देखिने सम्भावना बढेर गएको छ । त्यसतर्फ आवश्यक रोकथाम नियन्त्रण तथा उपचारप्रति सजगता अपनाउनु पर्ने आवश्कता देखिन्छ ।