• फाल्गुन २७ २०८२, बुधबार

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

श्रावण १६ २०७८, शनिबार

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा शनिबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष यादवलाई संसदीय दलको नेता चयन गरेको हो।

पूर्वप्रधानमनत्री एवं संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यादवलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए भने सांसद् महेन्द्र यादवले समर्थन गरेका थिए।

गत साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइएको हो ।