काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भुटान, माल्दिभ्स तथा मौरिसससँगै तुलना गर्दै यी सबै आफ्ना छिमेकी मात्रै नभएर सुख–दुःखका साथी भएको बताएका छन् ।
मोदीले एक ट्विट गर्दै केही पर्दा एकले अर्कोलाई मद्दत गर्ने हाम्रो संस्कार रहेको भन्दै उनले यी देशहरुसँग साथसाथै रहेको र आपत-विपद आउँदा एक-अर्कालाई सहयोग गर्ने गरेको बताएका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस् या मोरिसस, हामी केवल छिमेकी मात्र नभएर हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता रहेको छ,’ उनले भनेका छन्, ‘हामी सबै सुख-दुःखका साथी हाैँ, जब कुनै आपत-विपद आउँछ, तब सबैभन्दा पहिले हामी नै एक-अर्कालाई सहयोग गर्छौं ।’