• फाल्गुन २७ २०८२, बुधबार

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल

श्रावण १६ २०७८, शनिबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको हो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद्को विषयमा छलफल भएको जनाइएको छ ।

दुई साता बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको बेला विस्तारको विषयमा दुई नेताबीच छलफल भएको हो ।

गत असार २९ गते कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुईदुईजना मन्त्री र एक राज्यमन्त्रीका साथमा देउवाले सरकार हाँकिरहेको अवस्था छ ।