• फाल्गुन २७ २०८२, बुधबार

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली अस्पतालमा

श्रावण १६ २०७८, शनिबार

काठमाडौँ। । नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली सम्पर्कमा आएकी छन् ।उनी नेपालगञ्जस्थित एक अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेस काफ्लेले बताए ।

‘उहाँ सम्पर्कविहीन भएको समाचारहरु पढेँ । त्यसपछि उहाँलाई फोन गरेँ । मेरो फोन उठाउनु भयो,’ प्रहरी उपरीक्षक काफ्लेले भने, ‘मेरो घाँटीमा समस्या आएकोले म नेपालगञ्जस्थित अस्पतालमा आएको छु भनेर मलाई भन्नु भएको छ।’

उनको अवस्था सामान्य रहेको भन्ने खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसअघि उनले आफू निकटकै सांसदरुको फोन उठाएकी थिइनन् । त्यस्तै माओवादी केन्द्रका सांसदहरुले उनलाई संसदीय दलमा उपस्थित हुनको लागि सम्पर्क गर्दा पनि उनले फोन उठाएकी थिइनन् ।

उनी ३ दिन देखि नै सम्पर्क बाहिर रहेको माओवादी केन्द्रले जनाएको थियो ।