• फाल्गुन २७ २०८२, बुधबार

निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरद्वारा सर्वोच्चमा रिट दायर,आइतबार पेशी

श्रावण १५ २०७८, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै महन्थ सर्वोच्च पुगेका हुन् ।

जसपाको आधिकारिकता यादव पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने ठाकुरको निवेदनमा उल्लेख छ ।

रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारीको माग गरेका छन् ।

निर्वाचन आयोगले साउन ११ गते जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको हो ।

रिटको पेशी आइतबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।