• फाल्गुन २७ २०८२, बुधबार

प्रधानसेनापति थापासंग भारतीय सेना प्रमुख नरवाणेको टेलिफोन संवाद

श्रावण १५ २०७८, शुक्रबार

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासंग भारतीय सेना प्रमुख जनरल एमएम नरवाणेको टेलिफोन संवाद भएको छ ।

भारतीय सेनाले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीहरुबीच शक्रबार टेलिफोन संवाद भएको जानकारी दिएको हो ।

उनीहरुबीच दुई देशका सेनाबीचको सम्बन्ध, सुरक्षा सहकार्य लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।