• माघ १८ २०८१, शुक्रबार

‘मदन पुरस्कार’का लागि उत्कृष्ट नौ पुस्तकको सूची सार्वजनिक

श्रावण १५ २०७८, शुक्रबार

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७७’को लागि नौं पुस्तकको सूची सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त २२२ वटा पुस्तकमध्ये पुरस्कारका लागि नौं पुस्तकलाई श्रेष्ट सूचीमा समेटिएको हो ।

श्रेष्ट सूचीमा समेटिएका पुस्तकहरु, गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् ।

यी नौमध्येबाट एक पुस्तकले ‘मदन पुरस्कार २०७७’ पाउने गुठीले जनाएको छ ।