• असार २२ २०८१, शुक्रबार

कोरोनाका कारण ‘गौरव–५५५’ टमाटर बीऊ अभाव : दङाली चिन्तित

श्रावण १५ २०७८, शुक्रबार

घोराही, १४ साउन ।

‘यस साल टमाटर रोप्ने हरायो, साहुजी !’ एक किसान महरा एग्रोभेटमा आएर निराश हुँदै सोधे, समयमा बीऊ किन ल्याउनुभइन ?’ ती किसानका अनुसार गौरव–५५५ बाहेक अरु टमाटर कामै छैन । सबै एग्रोभेटमा पुगियो । कहिँ कतै एक पोका बीऊ पनि पाउन सकिएको छैन ।

नोक्सानी बेहोर्ने खतरा :

दिनहु आठ÷दश जना किसान गौरव–५५५ टमाटरको बिऊ खोज्न आउने गरेको एग्रोभेट सञ्चालक द्रोण महराले बताउनुभयो । उहाँका अनुसार समयमा बीऊ नहुँदा किसान निकै आत्तिएका छन् ।

आजभोलि बीऊ राखेपछि दशैतिहारछेका टमाटर पाक्छ र उचित भाउ जान्छ । यस पटक किसानले धोका खाए । समय बित्यो । त्यसैले ठुलो नोक्सानी बेहोर्ने खतरा भयो ।

बीऊ खाोजाखोज :

यतिबेला टमाटरको बीऊ खोजाखोज भएको छ । दैनिक धेरै किसानहरु बीऊ सोध्न आउने र निराश भई फर्किने गर्छन् । एग्रोभेट सञ्चालकहरुका अनुसार अरु जातका टमाटर लग्नै मान्दैनन् ।

पाँच÷छ वर्षको अवधिमा गौरवले किसानलाई निकै मोहित बनाएको छ । अरु भन्दा लाभपनि छ । वर्षात्मा पानीले पात नडढाउने, डाँठ नकुहिने भएकाले त्यसैको बीऊ खोजेकोे किसानहरुले बताउँछन् ।

बढि रोग–प्रतिरोधी :

त्यसैगरी रोग कम लाग्ने, दाना आकर्षक हुने, पाकेपनि फतक्कै नगल्ने केहि दिन दाना अडिने गुण छन् । बजारमा ग्राहकले पनि रुचाउँछन् व्यापारीले पनि मन पराउँछन् ।

यति बेला किसानहरुले अलि धेरै बीऊ किन ल्याउनु भा होइन भनी प्रश्न गर्दथे । धेरै राखेको भए सिजनमा बीऊ पाउँथ्यौ भन्न थालेका छन् । यसपालीको खेती बररबाद हुने भयो भनेर चिन्ता व्यक्त गर्छन् ।

गौरव–५५५ को नेपाली बजार :

यहिँ १५ देखि २० गतेभित्र प्रशस्त मात्रामा गौरव–५५५ टमाटरको बीऊ आइपुग्ने सिद्धार्थ एग्रिसेन्टर घोराहीका सञ्चालक एकनारायण पौडेलको भनाइ छ । यस क्षेत्रका आधिकारिक डिलर बिक्रेता पौडेलका अनुसार हवाइ उडानमा अनियमितता भएकाले थाइल्याण्डबाट बीऊ ल्याउन ढिलो भएको हो । लकडाउनका कारण समयमा उडान भएनन् । त्यसले गर्दा बीऊ पाउन सकिन ।

यसो त गत जेठदेखि अहिलेसम्म तिनहजार पाकेट बिक्रि भइसकेको सञ्चालक पौडेलको भनाइ छ । त्यसको बजार मूल्य करीब ४० लाख बढिको हुन्छ । त्यत्रो मात्रामा गौरव–५५५ बेच्दा पनि यसपटक किसानलाई बीऊ प्रयाप्त हुन सकेन । यसको अर्थ टमाटर खेती बढेको छ । अरुले भन्दा गौरव–५५५ ले लाभ दिने भएकाले किसानहरुले त्यसैको बीऊ खोजी गरेका छन् ।

महंगो बीऊ :  बीऊमा अनुचित फाइदा :

उहाँका अनुसार पाकेटको फुटकर अधिकतम रेट एकहजार तिन सय पचास रुपैयाँ सम्म हो । त्यसभन्दा बढि मुल्य नदिन किसानलाई आग्रह गर्नुभयो । यसैगरी अनुचित फाइदा नलिन व्यवसायीलाई सुझाव दिनुभयोे । यस पटक चाँडै पानी पानी परेकाले समयमै मकै पाक्न लाग्यो । बारी खाली हुँदैछ ।

किसानको हतारो :

त्यसैले किसान आत्तिएका छन् । नत्र भदौसम्म बीऊ आइपुगे पनि फरक पर्दैन । आत्तिएका किसानले सुर्खेत, प्युठान पुगेर पनि बीऊ ल्याए । यहाँ भएको बीऊ एकै जनाले एक सय प्याकेट सम्म उठाएको बताइन्छ ।

एउटा प्याकेटको पाँच सय जति महंगोमा कारोबार गरेको ती किसानको गुनासो छ । जति मूल्य परेपनि किन्ने बाध्यता आएको बताउँछन् ।